चितवन राष्ट्रिय निकुञ्जमा मकुना हात्ती मारिएको प्रकरणमा छानबिन...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – काठमाण्डाै उपत्यकामा यही वैशाख १६ देखि २२ गते मध्यरातसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने भएको छ । काठमाण्डाै, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले साेमवार बेलुका एक आदेश जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।
काठमाण्डाै उपत्यका प्रवेश गर्ने व्यक्तिको अनिवार्य रूपमा पालिकाले तोकेको क्वरेण्टीन र होम आइसोलेशनमा बस्नुपर्ने आदेशमा भनिएकाे छ । यस्तै नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइनेछ ।
खाद्य सामग्री र औषधिसम्बन्धी पसल व्यवसाय बाहेकका अन्य व्यवसाय अहिलेलाई बन्द गर्ने र खाद्य सामग्री पसल बिहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुला राख्न पाइनेछ तर ती पसल सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गराउनुपर्नेछ ।
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने आदेशमा भनिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।