काठमाण्डौको बालाजुमा २२ धारा मेला मनाइँदै

 वैशाख १४, २०७८ मंगलबार ८:३८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज काठमाण्डौको बालाजुमा रहेको २२ धारामा २२ धारा मेला मनाइँदैछ । 

बालाजु बाइस धारा मेलाको दिन स्नान गरेमा शरीरमा रोगब्याधी नलाग्ने धार्मिक विश्वास रहँदै आएको छ । 

नागार्जुनको वनमा ल्हुति नामको फल पाउने र फलको रस मिसिएर पानी बग्ने भएकाले २२ धाराको पानीमा औषधीय महत्त्व रहेको विश्वास गरिन्छ । चैतशुक्ल पूर्णिमाका दिन २२ धारामा वर्षेनि मेला लाग्ने गर्छ । 

यो दिनलाई नेवार समुदायले ल्हुति पुह्नीकाे रूपमा मनाउने गरेको उल्लेख छ । विश्वकै सबैभन्दा सानो मुद्रा प्रचलनमा ल्याउने राजा जयप्रकश मल्लले बालाजुमा २१ वटा धारा बनाएका र पछि विक्रम संगत १८५५ मा राजा रणबहादुर शाहले एउटा ढुङ्गेधारा थपेको गरेको किंवदन्ती छ  ।

 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया