बालाजु २२ धारा मेला स्थगित

 बैशाख १४, २०७८ मंगलबार १२:७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रत्येक वर्ष चैत्रशुक्ल पूर्णिमाका दिन स्नान मेला लाग्ने बालाजु बाइस धारा मेला यसवर्ष  स्थगन गरिएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलन थालेपछि मेला स्थगन गरिएको काठमाण्डौ महानगरपालिका - १६ का वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिनुभयो । प्रत्येक वर्ष चैत्रशुक्ल चतुर्दशीको बेलुकी पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गरेका विशेषगरी तामाङ समुदायका भक्तजनले यस धारामा स्नान गर्न जाने परम्परा छ ।

बौद्ध चैत्यमा बत्ती बालेका तामाङ समुदायका भक्तजन पूर्णिमाका दिन बिहानै बालाजु बाइसधारा स्नान गर्छन् । सक्नेले नागार्जुनमा रहेकाे जामाचोमा दर्शन गरी त्यसैदिन स्वयम्भू चैत्यमा पूजा गर्नुपर्ने चलन छ । नसक्नेले बालाजु बाइसधारापछि सीधै स्वयम्भूमा पूजा गरेपछि तेमाल जात्रा समापन हुन्छ ।

कोरोनाबाट बच्न गएकाे वर्ष पनि बन्दाबन्दीका कारण जात्रा स्थगन गरिएको थियो । यस वर्ष पनि नयाँ भेरियन्टसहितको कोरोना तीव्र हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौको निर्देशानुसार जात्रा, मेला स्थगन गरिएको हो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया