जलविद्युत् आयोजनाको विद्युत् शर्ट हुँदा एक घर जलेर नष्ट

 वैशाख १४, २०७८ मंगलबार १५:५१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – जलविद्युत् आयाेजनाकाे विद्युत् शर्ट हुँदा खोटाङको केपिलासगढी गाउँपालिका २ खार्ताम्छामा एक घर जलेर नष्ट भएकाे छ । ताप खोला लघु जलविद्युत् आयोजनाको मिटर बक्समा विद्युत् शर्ट हुँदा खाताम्छाका भैराज राईको घर जलेको हो । 

सोमवार राति विद्यु्त शर्ट भएर आगलागी हुँदा राईको झन्डै दश लाख रुपैयाँ बराबरको क्षति भएकाे खार्ताम्छाका वडाध्यक्ष बलिराज राईले बताउनुभयो । आगलागीबाट घर जलेपछि राईको तीन बालबच्चासहित पाँच जनाको परिवार सानो कटेरामा बसिरहेका छन् । 

६९ किलोवाट क्षमताको जलविद्युत् आयोजनाको विद्युत् शर्ट हुँदा राईको घरमा आगलागी भएको हो । 

अन्तिम अपडेट: भदौ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया