२४ घण्टामा चार हजार पाँच सय २४ जनामा कोरोना सङ्क्रमण, थप १८ जनाको ज्यान गयो

 वैशाख १४, २०७८ मंगलबार १७:३५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा चार हजार पाँच सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१४ हजार ६ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा चार हजार तीन सय ६४ र एक हजार नौ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ६० जना गरी कुल चार हजार पाँच सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख सात हजार नौ सय २५ पुगेको छ ।

यस्तै कोरोना भाइरसको सङ्क्रमणका कारण थप १८ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १२ जनासहित थप १८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार एक सय ९४ पुगेको छ ।

यस्तै थप पाँच सय ५५ जना निको भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ७८ हजार पाँच सय ६ जना पुगेको छ । अहिले नेपालमा २६ हजार दुई सय २५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।   

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया