काठमाण्डौकाे कलंकी केन्द्रबिन्दु बनाएर परकम्प

 वैशाख १५, २०७८ बुधबार ७:२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौमा गएराति परकम्प गएको छ ।  कलंकी आसपास भएर राति १ बजेर ५९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

परकम्पको धक्का कंलकीसहित आसपासका क्षेत्रमा महसुस गरिएको थियो । २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्प पछि अहिलेसम्म ५० हजार भन्दा बढी परकम्प गएको छ ।  चार रेक्टर स्केल भन्दा माथिका ५ सय ५२ पटक परकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्पविद् लोकविजय अधिकारीकाअनुसार गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प अझै १० वर्षसम्म आइरहने सम्भावना रहेको छ । 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया