ग्लोबल आइएमई बैंकले फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदक...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले कोरोना सङ्क्रमित बिरामी र अन्य बिरामीलाई अस्पताल पुर्याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । कोरोना सङ्क्रमित र अन्य रोगका बिरामीलाई छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको सुविधा दिने निर्णय गरिएको र यो निर्णय भोलिदेखि लागु हुने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताउनुभयो ।
उहाँका अनुसार १०२ नम्बरमा फोन गरे कोरोना संक्रमितलाई घरमै पुगेर एम्बुलेन्स सेवा दिइने छ । यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरपालिकाका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । यो सेवा लिनका लागि टोल फ्री नम्बर ११८० मा फोन गर्न सकिने छ । यो सेवा चौबीसै घण्टा सञ्चालन हुने पनि उहाँले बताउनुभयो ।
यसैगरी समुदायस्तरमा सचेतना बढाउन शिक्षकहरू परिचालन गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र स्थापनाका लागि सहयोग गर्ने बैठकले निर्णय गरेको छ । यस्तै, कोरोना नियन्त्रण तथा व्यवस्थापन गर्ने क्रममा विपन्न सङ्क्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न ठूला वडालाई एक लाख रुपैयाँ, मझौला वडालाई ७५ हजार रुपैयाँ र साना वडालाई ५० हजार रुपैयाँसम्म निकासा पठाउने निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।