नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

 बैशाख १५, २०७८ बुधबार १०:४२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुने पहिलो खेलमा एफसी चितवन र बुटवलको लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

चितवनले पहिलो खेल ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरी खेलेको थियो भने बुटवल लुम्बिनीले पोखरा थन्डर्सलाई २–० ले पराजित गरेको थियो । यस्तै बेलुका साढे ५ बजेदेखि सुरु हुने दोस्रो खेलमा विराटनगर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल हुँदैछ ।

यसअघि हिजोको खेलमा धनगढी एफसीले काठमाण्डाै रेजर्सलाई ३–० गोलले हराएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया