कोरोना सङ्क्रमण बढिरहेको बेला पीसीआर परीक्षण बन्द

 बैशाख १५, २०७८ बुधबार ११:३६:५९ | राजु लामिछाने
unn.prixa.net

रुकुम – कोरोना भाइरसको सङ्क्रमण दर बढिरहेको बेला रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको पीसीआर परीक्षण प्रयोगशालामा भने बन्द भएको छ ।

आवश्यक बजेट र जनशक्ति अभावको कारण प्रयोगशाला बन्द भएको चौरजहारी नगरपालिकाले जनाएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादर केसीले परीक्षण सुरु गर्न पहल गरिरहेको जानकारी दिनुभयो । प्रदेश सरकारले मेसिन खरिदका लागि गरेको सहयोग बाहेक कसैले पनि सहयोग नगरेको निमित्त प्रमुख प्रशासकीय प्रमुख केसीले बताउनुभयो ।

चौरजहारी नगरपालिकाले १ करोड २३ लाख रुपैयाँमा गएको वर्षको असार दोस्रो हप्ता वडा नम्बर २ मा रहेको जिल्ला आयुर्वेद कार्यालयमा पीसीआर परीक्षण प्रयोगशालामा स्थापना गरेको हो । मेसिन खरिदको लागि कर्णाली प्रदेश सरकारले ८६ लाख २२ हजार रुपैयाँ अनुदान दिएको थियो भने बाँकी रकम नगरपालिकाले लगानी गरेको थियो । 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया