पाैडी खेल्ने क्रममा सानीभेरीमा डुबेर एक बालककाे ज्यान गयाे

 बैशाख १५, २०७८ बुधबार १८:५६:१० | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – सानीभेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालककाे ज्यान गएको छ । बुधवार दिउँसो मुसिकोट नगरपालिका ३ को गेरुढुङ्गा भन्ने ठाउँबाट पौडी खेल्न भेरीमा हाम फालेका बालककाे डुबेर ज्यान गएकाे हाे ।

ज्यान गुमाउनेमा रुकुम पूर्वकाे पुथा उत्तरगङ्गा गाउँपालिका ५ का १४ वर्षीय निशान घर्ती मगर रहेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल शाहीले बताउनुभयो । 

त्रिभुवन जनता माध्यमिक विद्यालय मुसिकोटमा कक्षा ८ मा अध्ययनरत निशान अन्य पाँच जना साथीसँगै पौडी खेल्न नदीमा गएका थिए । डुबेर निशानकाे शव पानीमा पौडिन थालेपछि मात्र उनका साथीहरूले ज्यान गएको पत्ता पाएको प्रहरीले जनाएको छ । निशान अध्ययनको सिलसिलामा रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा बस्दै आएका थिए ।

काेराेना भाइरसकाे सङ्क्रमणका कारण विद्यालय बन्द भएपछि निशान साथीहरूसँगै सानीभेरीमा पौडी खेल्न गएका थिए । मृतक घर्तीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको इन्स्पेक्टर शाहीले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया