ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – भारतमा कोरोना भाइरसको सङ्क्रमण भयावह बन्दै गएपछि चार धाम यात्रा रद्द गरिएको छ । आउँदो मे १४ अर्थात् वैशाख ३१ गते चार धाम यात्रा तय गरिएको थियो । उत्तराखण्डका मुख्यमन्त्री तिरथ सिंह रावतले चार धाम यात्रा रद्द गरिएको जानकारी दिनुभएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोना सङ्कटलाई मध्यनजर गर्दै यसपालिको चार धाम यात्रा रद्द गरिएको मुख्यमन्त्री रावतले बताउनुभयो । उहाँले चार धाम मन्दिरमा त्यहीँका पुजारीले मात्रै दैनिक हुने नित्य पूजा मात्रै गर्ने बताउनुभएको छ ।
उत्तराखण्डमा रहेको चार धाममा बद्रीनाथ, केदारनाथ, गङ्गोत्री र यमुनोत्रीको दर्शनका लागि भातबाहिरबाट पनि हजारौँ यात्री पुग्ने गरेका छन् । तर यसपालि कोरोनाका कारण यात्रा रद्द भएको छ ।
भारतमा गएको २४ घण्टामा मात्रै तीन लाख ७९ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यस्तै यो अवधिमा तीन हजार ६ सय ४७ जनाको ज्यान गएको छ ।
भारतमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ८३ लाख ६८ हजारभन्दा धेरै पुगेको छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण दुई लाखभन्दा धेरैको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।