ललितपुर र धनगढीले बराबरी खेल्दै अङ्क बाँडे

 बैशाख १६, २०७८ बिहिबार १९:५२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसी र धनगढी एफसीले बराबरी खेल्दै अङ्क बाँडेका छन् । 

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा साढे पाँच बजे सुरु भएको खेलमा ललितपुर र धनगढीले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । धनगढीका लागि खेलको ७२ औँ मिनेटमा ओलावाले ओलाडिपो आफिजले गोल गर्दा ललितपुरका लागि ७८ औँ मिनेटमा रञ्जन विष्टले गोल गरे । 

धनगढी तीन खेलमा चार अङ्क बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने तीन खेलमा दुई अङ्क जोडेको ललितपुर पुछारमा छ । 

प्रतियोगितामा शुक्रवार (भोलि) काठमाण्डौ रेजर्स र पोखरा थन्डर्स खेल्दैछन् ।  

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया