कोरोना सङ्क्रमित जोगाउन हेलिकप्टर चार्टर

 बैशाख १६, २०७८ बिहिबार २०:३२:३२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिममा कोरोना सङ्क्रमित एक व्यक्तिको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएकाे छ । आठबीसकोट नगरपालिकाका ४४ वर्षीय पुरुषलाई बिहीवार दिउँसो हेलिकप्टरमार्फत काठमाण्डौकाे महाराजगञ्जमा रहेकाे प्रहरी अस्पताल ल्याइएकाे हो । 

केही दिनदेखि बिरामी भएका ती पुरुषलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उहाँलाई चार लाख रुपैयाँमा हेलिकप्टर चार्टर गरेर काठमाण्डाै ल्याइएकाे हाे । 

सङ्क्रमितको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि रेफर गरिएको आठबीसकोट नगरपालिकाका स्वास्थ्य संयोजक मणिराज शाहले बताउनुभयो । लामो समयदेखि सुधार नभएपछि बाहिर रेफर गरिएको र व्यक्तिगत रूपमा हेलिकप्टर चार्टर गरेर बिरामी काठमाण्डौ लगिएकाे संयोजक शाहले जानकारी दिनुभयाे ।  

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया