ग्लोबल आइएमई बैंकले फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदक...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - आज देशको पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायु र स्थानीय वायुको समेत प्रभाव रहेकाले सबैजसो पहाडी भूभागमा बादल लागेर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।
केही ठाउँमा मेघगर्जन, हावाहुरी र चट्याङ्गकाे समेत सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । तराईमा पनि आज आंशिक बादल लाग्ने र केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा आज पनि बेलुकीपख हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।
स्थानीय र पश्चिमी वायुको प्रभाव आउँदो तीन दिनसम्म नै रहने भएकाले आइतवारसम्म नै देशका धेरैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी पर्ने क्रम चलिरहने महाशाखाले जनाएको छ ।
प्रि–मनसुनको समय भएकाले बिहानीपख घाम लागे पनि दिउँसोपछि बादल लागेर बेलुकीपख हावाहुरी, मेघगर्जन तथा चट्याङ्गसहित पानी पर्ने क्रम चलिरहने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो।
महाशाखाले सूचना निकालेर देशका केही ठाउँमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बादल लागेर लुम्बिनी वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँहरुमा हल्का वर्षा भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।