पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै - सरकारले निषेधाज्ञा लागू भएका ठाउँमा आदेशको पालना गर्न आग्रह गरेको छ । साथै आजदेखि काठमाण्डौ उपत्यकामा थप कडाइ गर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयले ७७ वटै प्रशासनलाई परिपत्र गरी आदेश कडाइका साथ लागू गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले आदेशको पूर्ण पालना गरी अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुभयो । प्रवक्ता दाहालका अनुसार दाङमा आजदेखि निषेधाज्ञा लागू भएको छ ।
दाङमा आउँदो २५ गतेसम्म अत्यावश्यकबाहेकका सेवा सञ्चालन गर्न रोक लगाइएको छ । त्यस्तै पाल्पा र सुनसरीमा आज राति १२ बजेदेखि २४ गतेसम्म, जाजरकोटमा भोलि रातिदेखि २५ गतेसम्म तथा सल्यानमा आइतवार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू हुनेछ ।
कोरोना महामारी नियन्त्रण गर्न यसअघि काठमाण्डौ उपत्यकासहित बाँके, सुर्खेत, कास्की, कैलाली, कञ्चनपुर, पर्सा, चितवन र रुपन्देहीमा जिल्लाभर तथा बाग्लुङ, कालीकोट, बर्दिया र दार्चुलामा सङक्रमण धेरै भएका ठाउँमा निषेधाज्ञा लगाइएको छ ।
ती जिल्ला र ठाउँमा अत्यावश्यकबाहेकका सार्वजनिक सेवा तथा आवतजावतमा रोक लगाइएको छ । सरकारले काठमाण्डौ उपत्यका र तराईका जिल्लामा ५ सय र हिमाली तथा पहाडी जिल्लामा २ सय सक्रिय सङ्क्रमित देखिए तत्काल निषेधाज्ञा लगाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । काठमाण्डौमा हिजोदेखि निषेधाज्ञा लागू भएको छ ।
निषेधाज्ञाको दोस्रो दिन आज पनि काठमाण्डौ उपत्यकामा सुनसान छ ।
हेर्नुहाेस् सूचना:
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।