चैतमा मात्रै ३२ हजार बढी नेपाली गए वैदेशिक रोजगारीमा

 बैशाख १७, २०७८ शुक्रबार १४:२२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना सङ्क्रमणको जोखिमकै अवस्थामा पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छैन । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गएकाे चैतमा मात्रै ३२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

३० हजार ३५ पुरुष र दुई हजार १ सय ७ महिला गरि ३२ हजार एक सय ४२ नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ । यो नेपाल सरकारले श्रमको लागि खुल्ला गरेकामध्ये ७३ देशमा जानेहरुको संख्या हो । 

यसमध्ये १५ हजार ५ सय २६ जना पहिलोपटक श्रम स्वीकृति लिएर विदेश गएका हुन् भने बाँकी एक पटक विदेश गएर बिदामा आएर फेरि गएकाहरु हुन् । पछिल्लो समय राेजगारीकाे लागि साउदी जानेको संख्या बढी देखिएको छ । चैतमा मात्रै दश हजार ३ सय ७६ जना साउदी गएका छन् । यस्तै कतारमा ९ हजार ७ सय ४३ र यूएईमा सात हजार दुई सय एक जना रोजगारीको लागि गएको विभागले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया