मलेसियाबाट फर्केका एक पुरुष १५ महिनासम्म पनि घर पुगेनन्

 बैशाख १७, २०७८ शुक्रबार २०:७:२२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रोजगारीका लागि विदेश गएका रुकुम पूर्वका एक व्यक्ति नेपाल फर्केको समयदेखि नै बेपत्ता भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका १४ राङसीका ४२ वर्षीय ढाँट कामी हराएको १५ महिना बितिसकेको परिवारजनले बताएका छन् । 

ढाँट कामीका छोरा राजेश विकले दुई वर्ष पहिला बुबा रोजगारीको सिलसिलामा मलेसिया गएको बताउनुभयो । २०७६ सालको माघ महिनामा मलेसियामा कार्यरत कम्पनीबाट नेपाल फर्केको आफूहरूले खबर पाए पनि अहिलेसम्म बुबा घरमा नआएको उहाँले बताउनुभयो ।

भौगोलिक विकटता र खोजी कार्यका लागि कुनै जानकारी नपाउँदा अहिलेसम्म खोजी गर्नका लागि कतै नपुगेको छाेरा राजेशले बताउनुभयाे ।  

हराएका बुबाकाे खोजी गरिदिन भन्दै आज (शुक्रवार) जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा निवेदन प्राप्त भएको कार्यालयले जनाएको छ । कार्यालयले उहाँको खोजी गर्न सम्बन्धित निकायमा लेखी पठाउने प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो । 

हराएका व्यक्तिलाई देख्ने तथा सम्पर्क हुने जो कोहीले जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा खबर गर्न प्रशासनले अनुरोध गरेको छ ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया