अफगानिस्तानमा कार बम विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गयो

 वैशाख १८, २०७८ शनिबार १५:५४:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानमा कार बम विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । शुक्रबार राति स्थानीय समय ७ बजेतिर भएकाे यस विस्फाेटमा परि अरु ७० जना घाइते भएका छन् ।

अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पताल बाहिर सडकमा विस्फोट भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । घटनामा ज्यान गुमाउनेहरुको सङ्ख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।

विस्फोटनका कारण प्रान्तीय अस्पतालको भवन र सँगै रहेको एम्बुलेसन्समा पनि क्षति पुगेको अधिकारीहरुले बताएका छन् । घटनाबाट ज्यान गुमाउने तथा घाइते हुनेहरुमा स्वास्थ्यकर्मीहरु समेत छन् । विश्वविद्यालयको प्रवेश परीक्षामा सहभागी हुन लोगार जिल्लाबाट आएका विद्यार्थीहरु पनि घटनामा परेका छन् ।

चालकले भीडमा पुर्‍याएर कारसहित विस्फोट गराएका र अहिलेसम्म घटनाको कसैले जिम्मा नलिएको बताइएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया