राजस्थानले हैदराबादलाई ५५ रनले हरायाे

 बैशाख १९, २०७८ आइतबार २०:१८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ५५ रनले हराएको छ ।

दिल्लीमा राजस्थानले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबाद २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ६५ रनमा समेटियो । हैदराबादका लागि जोनी बेयर्स्टोले ३० र केन विलियम्सन्ले २० रन बनाए । राजस्थानका मुस्ताफिजुर रहमान र क्रिस मरिसले तीन–तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा तीन विकेटको क्षतिमा दुई सय २० रन बनायो । राजस्थानका लागि जोस बटलरले ६४ बलमा एक सय २४ रन बनाए भने सन्जु सामसनले ४८ रन बनाए । बलिङतर्फ हैदराबादका लागि सन्दीप शर्मा, राशिद खान र विजय शङ्करले एक–एक विकेट लिए ।

यो जितसँगै राजस्थान सात खेलमा ६ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ भने सनराइजर्स उति नै खेलमा दुई अङ्कसहित पुछारमा छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया