पाेखरा थन्डर्स र ललितपुरले गाेलरहित बराबरी खेले

 बैशाख १९, २०७८ आइतबार २०:५३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्स र ललितपुर सिटीले अङ्क बाँडेका छन् । यी दुई टाेलीले गाेलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । 

त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा आइतवार भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि चुकेका थिए ।

बराबरीसँगै पोखराले चार खेलमा पाँच अङ्क जोडेको छ । पोखरा तेस्रो स्थानमा रहेको छ । ललितपुर चार खेलमा तीन अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया