विश्व प्रेस स्वतन्त्रता दिवस : गलत सूचनाविरुद्ध पत्रकारको काम खोप जत्तिकै प्रभावकारी

 बैशाख २०, २०७८ सोमबार ८:४३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज मे महिनाको ३ तारिख अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । यस वर्ष ‘सार्वजनिक सम्पत्तिका रुपमा सूचना’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।

सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि यूनेस्कोको आह्वानमा मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

कोरोनाको प्रभावका कारण भौतिकरुपमा सहभागी भइ कार्यक्रम गर्ने अवस्था नरहे पनि डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन/प्रसारणमार्फत् गरेर दिवस मनाइँदैछ ।

यसैबीच प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपालले ६ स्थान सुधार गरेको छ । रिपोर्टर विदआउट बोर्डरले प्रकाशित गरेको प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल अघिल्लो वर्ष १ सय १२ औं स्थानमा रहेकोमा यो वर्ष ६ स्थान सुधार गरेर एक सय ६ औं स्थानमा पुगेको हो ।

एक सय ८० देश समावेश रहेको रिपोर्टका अनुसार छिमेकी देश भारत एक सय ४२ औं स्थानमा छ । नर्वे सबैभन्दा राम्रो प्रेस स्वतन्त्रता भएको देश बनेको छ । रिपोर्टर विदाउट बोर्डरले कोरोना महामारीको समयमा पत्रकारले गलत सूचनाको विरुद्धमा खोप जत्तिकै प्रभावकारी रुपमा काम गरिरहेको जनाएको छ ।

महामारीको जोखिमका बीचमा पनि संसारभरका पत्रकारले गलत सूचना रोक्न प्रयास गरिरहेको र सूचनाकै माध्यमबाट कयौँको ज्यान जोगाएको पनि खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया