प्रिमियर लिगमा वेष्टह्याम विजयी, वेष्ट ब्रुम र वुल्भ्स बराबरीमा

 बैशाख २१, २०७८ मंगलबार ७:३८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम विजयी भएको छ ।

गएराति भएको खेलमा बर्नलीलाई २-१ गोल अन्तरले पराजित गर्दै वेष्टह्याम विजयी भएको हो । जितसँगै पाँचौं स्थानको वेष्टह्यामको ३४ खेलबाट ५८ अङ्क छ ।

चौथो स्थानको चेल्सीको  ६१ अङ्क छ । यस्तै, तेस्रो स्थानको लेस्टर सिटीको ६३ अङ्क छ ।  वेष्टह्यामसँग पराजित बर्नली भने ३६ अङ्कसहित १६ औं स्थानमा छ । यस्तै, गएराति नै भएको अर्को खेलमा वेष्ट ब्रुम र वुल्भ्सले एक/एक गोलको बराबरी खेलेका छन् ।

तालिकामा वेष्ट ब्रुम २६ अङ्कसहित १९ औं स्थानमा छ भने वुल्भ्स १२ औं स्थानमा छ  ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया