नेपाल सुपर लिग : बुटवल लुम्बिनी एफसी र काठमाण्डौ रेजर्स खेल्दै

 बैशाख २१, २०७८ मंगलबार ११:१२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज बुटवल लुम्बिनी एफसी र काठमाण्डौ रेजर्स खेल्दैछन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने खेल बेलुकी साढे पाँच बजे सुरु हुने छ ।

तीन खेलमा ५ अङ्क जोडेर तेस्रो स्थानमा रहेको बुटवल आज काठमाण्डौलाई पराजित गर्न सकेमा शीर्ष स्थानमा उक्लने छ । बुटवलले पहिलो खेलमा पोखरालाई हराएको थियो । चितवन र विराटनगरसँग भने बराबरी खेलेको थियो ।

बुटवललाई पराजित गरेमा काठमाण्डौ शीर्ष दुईभित्र उक्लने छ । काठमाण्डौ ३ खेलमा ४ अङ्क जोडेर पाँचौं स्थानमा छ । पहिलो खेलमा ललितपुरलाई हराएको काठमाण्डौ दोस्रो खेलमा धनगढीसँग पराजित भएको थियो । तेस्रो खेलमा काठमाण्डौले पोखरासँग बराबरी खेलेको थियो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया