एनएसएल : काठमाण्डाै रेजर्ससँग एक–शून्यले हार्‍याे बुटबल

 बैशाख २१, २०७८ मंगलबार २०:१५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा काठमाण्डौ रेजर्सले बुटवल लुम्बिनीलाई हराएको छ । 

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा मङ्गलवार भएको खेलमा काठमाण्डौले बुटवललाई एक–शून्यले हराएको हो । काठमाण्डौका लागि खेलको पाँचो मिनेटमा स्टेफेन विनोङ समिरको गोल निर्णायक बन्यो ।

यो जितसँगै काठमाण्डौ चार खेलमा सात अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिँदा बुटवल चार खेलमा पाँच अङ्कसहित चौथो स्थानमा पुगेको छ । 

प्रतियोगितामा बुधवार (भोलि) धनगढी एफसी र पोखरा थन्डर्स खेल्दैछन् ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया