एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौं – अभिनेत्री स्वस्तीमा खड्का यतिबेला सिनेमा ‘बुलबुल’को छायाकंनमा व्यस्त छिन् । यस सिनेमामा उनी टेम्पो चालकको भूमिकामा प्रस्तुत हुँदैछिन् ।
३० दिनको शेड्युलमा सुरु भएको ‘बुलबुल’को छायाकंन १५ दिन भइसकेको छ । १५ दिनको काम हेर्दा यो सिनेमाको छायाकंन तोकिएको समयभन्दा पहिले नै सकिने संकेत देखिएको निर्माण पक्षले जनाएको छ ।
स्वस्तीमा पनि दिन रात नभनी यही सिनेमाको छायाकंनमा जुटेकी छिन् । यही सिनेमाको छायाकंनका कारण उनले भोलिदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘नाई नभन्नु ल ५’ को प्रचारप्रसारमा प्रशस्त समय दिन भ्याएकी छैनन् । तैपनि स्वस्तीमाले सकेसम्म सिनेमाको प्रचार गर्न कुनै कसर नछोडेको देखिन्छ । उनले ‘बुलबुल’को सेटबाटै भए पनि सिनेमाको प्रचार गरिरहेकी छिन् ।
‘बुलबुल’ स्वस्तीमाको एक्टिङ करिअरको टर्निङ पोइन्ट हुने सम्भावना बोकेको सिनेमा हो । किनभने यस सिनेमामा उनी एउटा सशक्त महिलाको भूमिकामा प्रस्तुत हुँदैछिन् । यही कारण पनि स्वस्तीमाले यो सिनेमालाई बढी महत्व दिएको देखिन्छ ।
तर यही सिनेमाको छायाकंनका कारण उनले अन्य राम्रा प्रोजेक्टहरु गुमाइरहेकी छिन् । यसको ज्वलन्त उदाहरण होे डिसहोमको विज्ञापन ।
केही दिनअघि मात्रै अभिनेता प्रदीप खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह र नीति शाहको एक तस्बिर भाइरल बनेको थियो । यो तस्बिर उनीहरुले डिस होमको विज्ञापनमा काम गर्दाको थियो ।
यदि स्वस्तीमाले सिनेमा ‘बुलबुल’को छायाकंनबाट समय निकाल्न सकेको भए साम्राज्ञीको ठाउँमा दर्शकले स्वस्तीमालाई देख्ने थिए । किनभने साम्रज्ञी भन्दा पहिले यो विज्ञापनको प्रस्ताव स्वस्तीमालाई गरिएको थियो ।
तर स्वस्तीमा सिनेमा ‘बुलबुल’को छायाकंनमा व्यस्त भएका कारण यस विज्ञापनमा स्वस्तीमाले समय दिन भ्याइनन् र यो विज्ञापन साम्राज्ञीले पाइन् ।
डिसहोमले यस विज्ञापनमा स्वस्तीमालाई राख्न सक्दो मेहनत गरेको थियो ।
‘बुलबुल’को टिमसम्म पनि डिस होमले स्वस्तीमालाई यस विज्ञापनमा काम गर्ने समय दिनु पर्यो भनेर कुरा पुर्याएको थियो । तर सिनेमाको छायाकंनबाट ब्रेक लिन नमिल्ने भएपछि स्वस्तीमाले यसमा काम गर्न पाइनन् ।
यही कारण पछि स्वस्तीमाको ठाउँमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहलाई लिइएको विशेष स्रोतले जनाएको छ ।
यसअघि सिनेमा ‘जय भोले’मा अभिनेत्री साम्राज्ञीलाई पहिले प्रस्ताव राखिएको तर साम्राज्ञीले त्यस सिनेमामा समय दिन नभ्याएपछि उक्त सिनेमामा स्वस्तीमाले काम गरेको कुराले चर्चा पाएको थियो ।
यसरी एकपछि अर्को काममा ठोक्किएका स्वस्तीमा र साम्राज्ञीको यो टकराव कायम रहला या नरहला त्यो भने अहिले नै भन्न सकिने अवस्था छैन ।
-उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।