एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडाैं - वान टाइम सिनेमाको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘नाईं नभन्नू ल ५’ शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आउँदै छ ।
यस अघिका ३ वटा सिक्वेललाई दर्शकले अत्याधिक मन पराएका कारण पनि विकासराज आचार्य उत्साहित देखिन्छन् । चलचित्र बाल कलाकार अनुभव रेग्मीका कारण विशेष बन्दै आएको छ । उनी नार्इं नभन्नु ल २ बाट चलचित्रमा जोडिएका हुन् ।
पहिलो नाई नभन्नू ल सम्म फर्किएर हेर्ने हो भने चलचित्रले धेरै कलाकारहरुलाई स्थापित गरिसकेको छ । चलचित्रका हरेक सिक्वेलले उत्कृष्ट गीत–संगीतका कारण पनि चर्चा बटुल्दै आएको छ ।
चलचित्रमा प्रियंका कार्की, अनुभव रेग्मी, स्वतिमा खड्का, केकी अधिकारी, दिलिप रायमाझी, निरुता सिंह लगायतका कलाकारको अभिनय रहेको छ । बालकलाकार सेड्रिना शर्मा र नवनायक अभिषेक नेपालले यसै चलचित्रबाट डेब्यू गर्दैछन् ।
चलचित्रमा बसन्त सापकोटाको संगीत रहेको रहेको छ । चलचित्रको सम्पादनअर्जुन जिसीले गरेका हुन् भने निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् ।
चलचित्रको कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणि दाहाल रहेका छन् । चलचित्रका गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
चलचित्रको लेखन विकासराज आचार्य र सामीप्यराज तिमल्सेनाले संयुक्त रुपमा गरेका हुन् भने छायाँकन पुरुषोत्तम प्रधानले गरेका हुन् ।
-उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
याे पनि पढ्नुहाेस्/हेर्नुहाेस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।