खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात् बीसीसीआईले आईसीसी विश्व टेस्ट च्याम्पियनशिपको फाइनल र इङ्ग्ल्यान्डसँगको पाँच टेस्ट खेलका लागि भारतीय टोलीको घोषणा गरेको छ ।
भारतीय टोलीको कप्तानी विराट कोहलीले गर्नेछन् भने उपकप्तान अजिन्क्य रहाणेलाई तोकिएको छ । रोहित शर्मा टोलीमा अटाएका छन् भने शिखर धवर टोली बाहिर छन् ।
यस्तो छ भारतीय टोली–
विराट कोहली, अजिन्क्य रहाणे, रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, हनुमा विहारी, ऋषभ पन्त (विकेटकीपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, वाशिङ्टन सुन्दर, जसप्रित बुमराह, इशान्त शर्मा, मोहम्मद शमी, मोहम्मद सिराज, शार्दुल ठाकुर र उमेश यादव ।
केएल राहुल र ऋद्धिमान साहको भने स्वस्थ परीक्षण बाँकी रहेको बीसीसीआईले जनाएको छ ।
यसका साथै अभिमन्यु ईश्वरन, प्रसिध कृश्णा, आवेश खान र अर्जन नागवसवाला स्ट्यान्डबाई प्लेअरका रुपमा समावेश भएका छन् ।
भारतले न्युजिल्याण्डसँग यही १८ जुनमा साउथम्पटनमा फाइनल खेल्नेछ । इङ्ग्ल्यान्डसँगको शृङ्खला भने ४ अगस्टदेखि सुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।