पाेखरासँग दुई–एकले हार्दै चितवन एनएसएल प्रतियाेगिताबाट बाहिरियाे

 बैशाख २४, २०७८ शुक्रबार २०:१५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चितवन एफसी, नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । दशरथ रङ्गशालामा शुक्रवार (आज) भएको खेलमा पोखरा थन्डर्ससँग दुई–एक गाेल अन्तरले हारेपछि चितवन प्रतियाेगिताबाट बाहिरिएको हो ।

चितवनले आफैले बनाएको अग्रता जोगाउन नसक्दा हार बेहोर्न बाध्य भयो । ७२ मिनेटमा शिशिर लेखीले गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । तर ८६ औँ मिनेटमा नवयुग श्रेष्ठ र इन्ज्युरी समयमा राफायलले गोल गर्दै पोखरालाई जिताए । ८२ औँ मिनेटमा चितवनका किपर विशाल सुनार रातो कार्ड खाँदै बाहिरिएपछि पोखराले दबाब बढाएको थियो ।

आजको जितसँगै आठ अङ्कका साथ तेस्रो स्थानमा पुगेको पोखराले प्ले अफ सम्भावना बलियो बनाएको छ ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया