न्यू क्यासलसँग तेस्रो स्थानको लेस्टर सिटी पराजित

 बैशाख २५, २०७८ शनिबार ७:१६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा न्यूक्यासल युनाइटेडसँग लेस्टर सिटी पराजित भएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा न्यूक्यासलले तेस्रो स्थानमा रहेको लेस्टर सिटीलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

न्यूक्यासलका लागि क्यालम विल्सनले ६४ र ७३ औं मिनेटमा गरी दुई गोल गरे भने जो विलक २२ औं मिनेट तथा  पल डुमेटले ३४ औं मिनेटमा एक/एक गोल गरे ।

लेस्टर सिटीका लागि ८० औं मिनेटमा मार्क अलब्राइटनले र ८७ औं मिनेटमा केलिची इहिनाचोले गोल गरे । जितपछि १३ स्थानको न्यूक्यासलको ३५ खेलबाट ३९ अङ्क भएको छ भने पराजित भएको लेस्टर सिटी ६३ अङ्कसहित तेस्रो स्थानमा छ। 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया