१९ सांसदसहित एक सय ६० जना सङ्क्रमित

 वैशाख २५, २०७८ शनिबार १६:५०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि र राष्ट्रिय सभाका गरी १९ जना सांसदमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गएको २२, २३ र २४ गते गरिएको पीसीआर परीक्षणमा प्रतिनिधि सभाका १८ र राष्ट्रिय सभाका एक जना सांसदको रिपोर्ट पोजेटिभ आएको संसद सचिवालयले जनाएको छ । यस्तै, सांसद बाहेक संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आईसीसीका गरी एक सय ४१ जना कर्मचारीमा पनि संक्रमण देखिएको छ ।

२ सय ५ जना सांसद र अन्य एक हजार ३० जना गरी कुल १ हजार २ सय ३५ जनाको पीसीआर परीक्षण गर्दा सांसदसहित एक सय ६० जनामा काेराेना पोजेटिभ देखिएको हो । १ हजार २ सय ३५ जनामध्ये एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया