बुटवल र ललितपुर एनएसएल फुटबलको प्ले अफमा, विराटनगर र पोखरा प्रतियोगिताबाटै बाहिरिए

 बैशाख २५, २०७८ शनिबार १९:५६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बुटवल लुम्बिनी एफसी र ललितपुर सिटी एफसी नेपाल सुपर लिग फुटबलको प्ले अफमा पुगेका छन् ।

धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बुटवल प्ले अफमा पुगेको हो । बुटवललाई जिताउन खेलको ८० औं मिनेटमा सुमन लामाले गरेको गोल नै निर्णायक बन्यो । बुटवलको जितसँगै पोखरा थन्डर्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यस्तै, यस अघि भएको खेलमा ललितपुर सिटी एफसीले विराटनगरलाई ४–० गोल अन्तरले पराजित गर्यो । ललितपुरका लागि अन्जन बिष्टले दुई तथा बिमल राना र नुर्लान जाहिदले एक एक गोल गरे । विजय धिमाल दोहोरो पँहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि खेलको ८५ औं मिनेटमा विराटनगर १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै ललितपुरले ६ खेलमा ९ अंक जोडेको छ । ललितपुर लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ । विराटनगर भने प्रतियोगिताबाटै बाहिरिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया