नेपाल सुपर लिग फुटबलमा आज चितवन र काठमाण्डौ खेल्दै

 वैशाख २६, २०७८ आइतबार ११:१७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग एनएसएल फुटबलमा आज एफसी चितवन र काठमाण्डौ रेजर्स खेल्दैछन् ।

खेल बेलुकी साढे पाँच बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछन् । काठमाण्डौ यसअघि नै प्रतियोगिताको प्ले अफमा पुगिसकेको छ भने चितवन बाहिरिसकेको छ । पुछारमा रहेको चितवन आज सान्त्वना जितको खोजीमा छ ।

आज विजयी भएमा काठमाण्डौ शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्ने सम्भावना छ । हिजो शीर्ष स्थानको धनगढीलाई हराएर बुटबल लुम्बिनी एफसी अन्तिम चारमा पुगिसकेको छ । यस्तै धनगढी र ललितपुर सिटी एफसी पनि प्ले अफमा पुगिसकेका छन् । प्ले अफका खेल पर्सिदेखि सुरु हुनेछन् ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया