एनएसएल : लिग चरणकाे अन्तिम खेलमा काठमाण्डाैले चितवनलाई हरायाे

 बैशाख २६, २०७८ आइतबार २०:५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबलको राउन्ड रोबिन लिगको अन्तिम खेलमा काठमाण्डौ रेजर्सले एफसी चितवनलाई हराएको छ ।

दशरथ रङ्गशालामा आइतवार (आज) भएको खेलमा काठमाण्डौले चितवनलाई दुई–एक गाेल अन्तरले हरायो । काठमाण्डौका लागि संजोक राई र विदेशी खेलाडी मौसाले एक–एक गोल गरे । चितवनका राजिव लोप्चनले सान्त्वना गोल फर्काए ।

यसअघि नै प्ले अफमा पुगेको काठमाण्डौ आजको जितसँगै १३ अङ्कका साथ शीर्ष स्थानमा छ । चितवनले भने दुई अङ्कका साथ पुछारमा रहेर प्रतियोगिता अन्त्य गरेको छ ।

प्रतियोगितामा धनगढी, ललितपुर, काठमाण्डौ र बुटबल लुम्बिनी प्ले अफमा पुगेका छन् । प्लेअफका खेल मङ्गलवार (पर्सी) देखि सुरु हुनेछन् । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया