गण्डकी प्रदेशमा बहुमतको सरकार गठन गर्ने समयसीमा आज सकिँदै

 वैशाख २८, २०७८ मंगलबार ८:७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैशाख २६ गते मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएपछि राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको थियो ।

तीन दिनको समयसीमा आज सकिन लागेको हो । बहुमतको सरकारका लागि गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुपर्नेछ । तर मुख्यमन्त्री को बन्ने भन्ने यकिन भएको छैन ।

अहिले प्रदेश सभामा कुनै पनि दलको बहुमत छैन । गण्डकी प्रदेश सभा ६० सदस्यीय छ । प्रदेश सभामा एमालेका २७, नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का १२, जनमोर्चाका तीन, जनता समाजवादी पार्टी (जसपा)का दुई र एक जना स्वतन्त्र सांसद छन् ।

सरकार गठनका लागि ३१ सांसद चाहिन्छन् । अहिले कांग्रेस, माओवादी, जसपा र जनमोर्चाले सरकार गठन गर्ने प्रयास गरिरहेका छन् । चारै दलको गरेर ३२ सांसद हुन्छन् । एमालेलाई पुनः सरकार गठन गर्न जनमोर्चाले समर्थन गरे पुग्छ । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)ले मुख्यमन्त्री गुरुङलाई साथ दिएर यस अघि नै मन्त्री भएका छन् ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया