प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डाै – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले काेराेनाकाे लागि पीसीआर परीक्षण बन्द गरेको छ ।
अर्काे व्यवस्था नभएसम्मकाे लागि अहिलेलाई पीसीआर परीक्षण बन्द गरेकाे अस्पतालले जनाएकाे छ । अस्पतालले सूचना निकालेर विशेष कारणबस् पीसीआर परीक्षण स्थगित गरेको जानकारी गराएको हाे ।
पीसीआर परीक्षणका लागि किट अभाव भएकाले केही दिनका लागि परीक्षण बन्द गरिएकाे अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिनुभयाे ।