८ महिनामा विकास खर्च २३ प्रतिशतमात्रै, वैदेशिक अनुदान सङ्कलन ...
चैत १, २०८१ शुक्रबार
महोत्तरी – महोत्तरीको औरही नगरपालिका १ फुलबारियाबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित ३ जना युवकलाई पक्राउ गरेको छ ।
बिहीबार प्रहरी चौकी औरहीबाट खटिएको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा स्थानीय अरविन्द कापर, प्रविण कापर र अनिल कापरलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरुको साथबाट नाईटोजाम टयाब्लेट भन्ने प्रतिबन्धित लागुऔषध १६ थान बरामद गरिएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
पक्राउ परेकोहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक भोला भटटले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।