चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दोलखाकाे एकै परिवारका तीन दिदीबहिनीले विश्वको सगरमाथाको आराेहण गर्न सफल भएकामा बधाई ज्ञापन गर्नुभएको छ । गौरीशङ्कर गाउँपालिका ९ बेदिङका निमाजाङ्बु (३० वर्ष), छिरिङनाम्गे (२६ वर्ष) र दावाफुटी शेर्पा (२४ वर्ष) बुधवार (आज) बिहान सर्वाेच्च शिखरमा पुग्न सफल हुनुभएको हो ।
‘एकै परिवारका तीन छोरी सगरमाथाको चुचुरामा पुग्न सफल भएका छन्, मलाई असाध्यै खुसी लागेको छ, म हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु’, मन्त्री गुरुङले भन्नुभयो, ‘तीन वर्षभित्र सात वटै महादेशका हिमाल चढेर विश्व रेकर्ड कायम राख्ने उहाँहरूको योजना पूरा होस् ।’
सगरमाथा आरोहणका लागि काठमाण्डाैबाट जाने क्रममा यही वैशाख २ गते राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सरकारका प्रवक्ता गुरुङले उहाँहरूलाई शुभकामना दिनुभएको थियो ।
आजै त्यही गाउँका पेम्बादोर्जे शेर्पाले बिहान ७ बजे २१ औंँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ । ड्रिमर्स डेष्टिनेशन ट्रेक एण्ड एक्सपिडिशनका अनुसार पेम्बाले ‘विश्व शान्ति र वातावरण बचाऔँँ’ भन्ने सन्देशका साथ सगरमाथा चढ्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
इन्द्र प्रसाद तिम्सिना, इटहरी
May 12, 2021, 7:26 p.m.प्रतिकूल परिस्थितिका कारण दिनानुदिन निराशाजनक खबरहरू छाइरहेको अवस्थामा पनि नेपाली चेलीहरूको लोभलाग्दो सफलताको खबरले समस्त नेपालीजनमा खुशी र गौरवको उपहार दिएको छ । उहाँहरू प्रति हार्दिक नमन।