बुटवललाई हराउँदै ललितपुर एफसी नेपाल सुपर लिगकाे एलिमिनेटरमा

 वैशाख २९, २०७८ बुधबार १९:५०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबल लिगमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको छ । दोस्रो प्लेअफ अन्तर्गत बुधवार (आज) भएको खेलमा ललितपुरले बुटवललाई एक–शून्यले हराएको हो ।

ललितपुरका लागि अन्जन विष्टले खेलको ६१ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

आजको जितसँगै ललितपुर एलिमिनेटरमा पुगेको छ । अब ललितपुरले फाइनल प्रवेशका लागि एलिमिनेटरमा काठमाण्डौ रेजर्ससँग खेल्नेछ । 

पहिलो प्लेअफमा धनगढी फुटबल क्लबसँग पराजित भएको काठमाण्डौले फाइनल प्रवेशको अर्काे मौका पाएको हो । धनगढी भने फाइनलमा पुगिसकेको छ । 

ललितपुर र काठमाण्डौबीचको खेल बिहीवार (भोलि) हुनेछ, खेलको विजेताले फाइनलमा धनगढीसँग खेल्नेछ ।  

प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही एक लाख रुपैयाँ पाउने छन् ।   

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया