सङ्कटमा भ्रमको खेती नगराैँ : उपप्रधानमन्त्री पाेखरेल

 बैशाख २९, २०७८ बुधबार २०:४४:१८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्कटका बेला भ्रमको खेती गर्नेबाट सचेत रहन आग्रह गर्नुभएको छ । निजी क्षेत्रका उद्योगी र अस्पतालका प्रतिनिधिसँगको छलफलमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक पोखरेलले भन्नुभयो, महामारीसँग जुध्न राज्यका तर्फबाट सबै प्रयत्न गरिन्छ, हामी सबै मिलेर यो समस्याको समाधान गर्नुपर्छ, अनावश्यक भ्रमबाट सचेत हुनुपर्छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, ग्यास उत्पादक र निजी क्षेत्रका अस्पतालका प्रतिनिधिसँग भएको छलफलमा अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा कसरी सञ्चालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगायतका विषयमा विमर्श भएको थियो ।

उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार छिटो माध्यमबाट अक्सिजन प्लान्ट सञ्चालन गर्न आवश्यक सम्पूर्ण समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ । काठमाण्डाै उपत्यका र काभ्रेमा गरी अहिले नौ वटा अक्सिजन उद्योग सञ्चालित छन् । दैनिक १५ हजार सिलिन्डर भन्दा बढी माग भए पनि ती उद्योगबाट अहिले सात हजार दुई सय सिलिन्डर अक्सिजन उत्पादन हुने गरेको छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया