नेपाली कांग्रेस विधान संशोधन मस्यौदा निर्माणको काम सुरु

 भदौ ८, २०७५ शुक्रबार १३:४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिले शुक्रबारबाट विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको विधान मस्यौदा समितिको बैठकले विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको हो ।

समितिका संयोजक एवम् पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले देशभरका सबै नेता, कार्यकर्ताको सुझाव लिएर विधान तयार पार्ने गरी औपचारिक छलफल गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो ।

बैठकले समितिको सदस्य सचिवको जिम्मेवारी पार्टी केन्द्रिय कार्यालय सचिव केशव रिजाललाई दिएको छ ।

भदौ अन्तिम साता बस्ने भनिएको पार्टीको महासमिति बैठकमा पेश गर्ने गरी काँग्रेसले विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको हो । कांग्रेस केन्द्रिय कार्य समितिको शुुक्रबार बस्ने बैठकले महासमिति बैठकको मिति तय गर्ने बताइएको छ ।

मुलुक संघीयतामा गएपनि कांग्रेसले सोही अनुसारको पार्टी संरचना बनाउने विधान हालसम्म बनाउन सकेको थिएन । प्रवक्ता शर्माले समितिले ढिला नगरी विधान संशोधन मस्यौदा निर्माणको काम सम्पन्न गर्ने पनि स्पष्ट पार्नु भयो ।

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया