नेपाल सुपर लिग फुटबलको उपाधि काठमाण्डौ रेजर्सलाई

 जेठ १, २०७८ शनिबार १९:५८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधि काठमाण्डौ रेजर्सले जितेको छ ।

दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाण्डौले उपाधि जितेको हो । काठमाण्डौको जितमा २१ औं मिनेटमा विदेशी खेलाडी मेसौके ओलोमोउले गोल गरे । खेल अवधिभर धनगढीले गोल गर्ने उत्कृष्ट मौका बनाए पनि सदुपयोग गर्न सकेन ।

आजको जितसँगै काठमाण्डौले प्रतियोगितामा धनगढीसँग दुईपटक हारेको बदला पनि लिएको छ । आजको खेललाई राष्ट्रिय टोलीका दुई उत्कृष्ट गोलकिपर किरण चेम्जाेङ र विकेश कुथुबीचको प्रतिस्पर्धाका रुपमा पनि लिइएको थियो, जसमा कुथुले बाजी मारे । प्रतियोगिताको विजेता काठमाण्डौले ३५ लाख रुपैयाँ र उपविजेता धनगढीले १५ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया