वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन

 जेठ ३, २०७८ सोमबार १०:५६:२० | रासस
unn.prixa.net

काठमाण्डाै – वरिष्ठ साहित्यकार तथा समालाेचक प्रा. राजेन्द्र सुवेदीको निधन भएको छ । कोरोना सङ्क्रमण भएर शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा उपचार गराइरहनुभएका ७६ वर्षीय सुवेदीको आज बिहान निधन भएको हो ।

२००२ साउन १९ गते पाँचथरमा जन्मनुभएका सुवेदीका कविता, उपन्यास, निबन्ध, प्रबन्ध समालोचना लगायत झण्डै तीन दर्जन पुस्तक प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापन गर्नुभएका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक हुनुहुन्थ्यो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ ले सुवेदीको निधनले नेपाली साहित्य क्षेत्रले ऊर्जाशील व्यक्तित्व गुमाएको र अपुरणीय क्षति भएको बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया