चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
सप्तरी - राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेको अस्पतालले जनाएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले अक्सिजनका लागि तत्कालै सम्बन्धित निकायलाई आ-आफ्नो ठाउँबाट जुट्न आग्रह गर्नुभएको छ ।
उद्योगहरुको खाली सिलिन्डरको लाइनले दुई दिनमा पनि अक्सिजन पाइन सक्ने अवस्था नदेखिएपछि डा. झाले सहयोगका लागि प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई सार्वजनिकरूपमा अपिल गर्नुभएको हो ।
अस्पतालका सिलिन्डर रित्तिँदै गएको तथा सुनसरीको इटहरी र दुहबीमा रहेकाे उद्योगको डिपोमा खाली सिलिन्डर भर्न समय लाग्ने भएपछि अक्सिजन अभाव हुने अवस्था आएको अस्पतालका निमित्त मेसु डा. झाले बताउनुभयो । अस्पतालमा अहिले छवटा अक्सिजन कन्सन्ट्रेटरसहित १४० वटा सिलिन्डर छन् । तीमध्ये ७० वटा सिलिन्डर खाली भएका छन् ।
बाँकी रहेका सिलिन्डरबाट अन्य सङ्क्रमितलाई अक्सिजन उपलब्ध गराइरहेको जानकारी दिँँदै झाले समयमै अक्सिजन ल्याउन नसकिए धेरै सङ्क्रमितको जीवन जोखिममा पर्ने चिन्ता व्यक्त गर्नुभयो । अक्सिजनको आपूर्ति हुँदै आएको इटहरी र दुहबीको डिपोमा अक्सिजन भर्न पश्चिम बुटवल, दाङसम्मबाट खाली अक्सिजन सिलिन्डर लाइनमा राखिएकाे छ ।
अस्पतालको एचडीयू व्यवस्थासहितको आइसोलेशनमा २५, आकस्मिक कक्षमा २०, छिन्नमस्ता अस्पताल र साईकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको कोभिड अस्पताल तथा कञ्चनरुपको आइसोलेशन केन्द्रमा १६/१६ जना कोरोना सङ्क्रमित चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचाररत छन् । अस्पतालमा उपचाररतमध्ये अधिकांशलाई अक्सिजन लगाउनुपरेको भन्दै डा झाले समयमै अक्सिजन व्यवस्था नभए ठूलो जोखिम मोल्नुपर्ने बताउनुभयो।
सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले देशभरि नै अक्सिजन अभाव रहेकाले उद्योगमा लाइन लागेको भन्दै वैकल्पिक उपाय खोजेर पनि अक्सिजन उपलब्ध गराउन प्रयासरत रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।