इङ्लिस प्रिमियर लिग : चेल्सी तेस्रो स्थानमा पुग्यो, शीर्ष स्थानको सिटी ब्राइटनसँग पराजित

 जेठ ५, २०७८ बुधबार ६:५२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा लेस्टर सिटीलाई २–१ गोलले हराउँदै चेल्सी लेस्टरलाई नै पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो ।

जितसँगै चेल्सीले आउँदो सिजनको च्याम्पियन्स लिग फुटबल खेल्ने सम्भावना बलियो बनाएको छ । गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड भने रेलिगेशनमा परेको फुलह्यामसँग बराबरीमा रोकिएको छ । उसका लागि १५ औं मिनेटमा इडिन्सन काभानीले गोल गरे । तर ७६ औं मिनेटमा फुलह्यामका जोय ब्र्याएनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

हिजाको बराबरीसँग युनाइटेडले शीर्ष स्थानको सिटीसँगको अंक दूरी घटाउने मौका गुमाएको छ । युनाइटेडको ७१ अंक रहेको छ । यस्तै गएराति नै शीर्ष स्थानको म्यानचेष्टर सिटी ब्राइटनसँग ३–२ पराजित भएको छ । ४८ मिनेटसम्म दुई गोल गरेको सिटीले त्यसलाई जोगाउन नसक्दा पराजित भयो । इङ्लिस प्रिमियर लिगको उपाधि यसअघि नै सिटीले जितिसकेको छ । ब्राइटन पन्ध्रौँ स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया