टाेकियाे ओलम्पिक : 'वाइल्ड कार्ड' बाट सहभागिता जनाउने लक्ष्यका साथ कराँते खेलाडी व्यस्त

 जेठ ५, २०७८ बुधबार १७:१५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – 'वाइल्ड कार्ड' (सिधै सहभागी हुने प्रक्रिया) बाट टोकियो ओलम्पिक २०२१ मा सहभागिता जनाउने लक्ष्यका साथ अहिले नेपाली कराँते खेलाडी ललितपुरकाे सातदोबाटोमा रहेको कर्भडहलमा व्यस्त छन् । अनु अधिकारी र नविन रसाइलीले स्वास्थ मापदण्ड पूरा गरेर दैनिक अभ्यासमा जुटिरहँदा उनीहरूको लक्ष्य ओलम्पिक सहभागिता रहेको छ । 

कोरोनाको दोस्रो लहर काठमाण्डौ उपत्यकामा उच्च गतिमा फैलिरहेको छ । तर पनि टोकियो ओलम्पिक तयारी गरिरहेका कराँते खेलाडीले स्वास्थ मापदण्ड पूर्णरूपमा पालना गर्दै तयारीलाई तीव्रता दिइरहेका छन् । अनु अधिकारी र नविन रसाइली वाइल्ड कार्डमार्फत सहभागिता जनाउने लक्ष्यका साथ मेहनत गरिरहेका छन् । 

खेलाडीलाई अभ्यास दिइरहेका कराँतेका प्रशिक्षक दीपक श्रेष्ठले महामारीकाबीच पनि तयारी गरिरहेको बताए ।

वाइल्ड कार्डबाट ढोका खोल्ने लक्ष्य राखेका खेलाडीले २०२१ मा जापानमा हुने ओलम्पिकका लागि अभ्यासलाई निरन्तरता दिइरहेका हुन् । नेपाली कराँतेले इतिहास रचेको सबैमा सर्वविदितै छ । टोकियो ओलम्पिक कोरोनाकै कारण एक वर्षका लागि धकेलिए पनि तयारी गरिरहेका खेलाडीमा महामारीले अन्योल छाएको छ ।

नेपाली खेलाडीमा पनि त्यसको असर देखियो अनि अभ्यास केही समय स्थगित पनि भयो । तर सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेललाई पूर्णरूपमा स्वास्थ्य मापदण्ड पालना गर्दै अभ्यासको अनुमतिसँगै नेपाली खेलाडी पनि अभ्यासमा व्यस्त भएका हुन् । तयारीमा रहेका खेलाडीलाई पारिवारिक रूपमा स्वास्थ्य मापदण्ड अपनाएर अभ्यासलाई निरन्तरता दिन निर्देशन दिएको प्रशिक्षक श्रेष्ठले बताए ।

टोकियो ओलम्पिक आयोजना हुने/नहुने अझै अनिश्चित छ । विभिन्नस्तरमा प्रतियोगिता रोकिने चर्चा चलिरहेकाे छ भने आयोजकले स्वास्थ मापदण्डलाई कठोर रूपमा पालना गर्दै प्रतियोगिता सम्पन्न गर्ने जनाइरहेको छ । अन्योलबीच खेलाडीको मनोबललाई उच्च राख्नका लागि अभ्यासलाई निरन्तरता दिइरहेको बताउँछन् प्रशिक्षक श्रेष्ठ ।

ओलम्पिकका लागि नेपालबाट वाइल्ड कार्डका लागि तयारीमा रहेका १२ खेलाडीमध्ये कराँतेका अनु अधिकारी र नविन रसाइलीले अभ्यास गरिरहँदा अन्यको अभ्यास भने चुस्त हुन सकेको छैन । १२ खेलाडी वाइल्ड कार्डको पर्खाइमा रहँदा नेपालका अन्य तीन खेलाडी भने युनिभर्सल कोटामा छनोट भइसकेका छन् । स्विमिङबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपी चन्द्र पार्कीको सहभागिता निश्चित भइसकेको छ । अन्य खेलाडीको हकमा भने अझै अनिश्चित छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया