आपतकालीन अवस्थामा पनि टोकियो ओलम्पिक हुने

 जेठ ८, २०७८ शनिबार ६:४६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिक आपतकालीन अवस्थामा पनि हुने जनाएको छ।

आइओसीका शीर्ष पदाधिकारीले टोकियोमा आपतकालीन घोषणा भए पनि ओलम्पिक नरोकिने बताएका हुन् ।

टोकियोमा आपतकालीनको घोषणा भए पनि प्रतियोगिता कसरी सुरक्षित तरिकाले गर्ने भन्नेमा योजना बनेको र त्यहीअनुसार हुने आइओसीका उपाध्यक्ष जोन कोयट्सले बताएका छन् ।

जापानका ७० प्रतिशत नागरिकले भने कोरोना महामारीका कारण ओलम्पिक रद्द हुनुपर्ने बताएका छन् । कोभिडका कारण एक वर्ष स्थगित भइसकेको प्रतियोगिता आउँदो जुलाई २३ तारिखदेखि अगष्ट ६ तारिखसम्म हुँदैछ । कोरोनाको जोखिम बढेपछि जापानको राजधानीमा मे ३१ तारिखसम्म आपतकालीन अवस्था लागू गरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया