काठमाण्डौमा आज हिजोभन्दा चिसो, तराईमा आज पनि हुस्सु
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – कोरोना महामारीविरुद्ध लड्न अमेरिकाले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । पहिलो खेपमा सर्जिकल मास्क,फेस सिल्ड, पञ्जा, भेन्टिलेटर तथा अक्सिजनसँग सम्बन्धित् सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको अमेरिकी सहयोग नियोग यूएसएआईडीले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएसएआईएड र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण गरेका हुन् । अमेरिकी कार्गो बिमानले ती स्वास्थ्य सामग्री काठमाडौं ल्याएको हो । भोली स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक हजार आक्सिजनका सिलिण्डर हस्तान्तरण गर्ने पनि यूएसएआईडीले जनाएको छ ।
आउँदो दुई दिनभित्र अमेरिकाबाट थप स्वास्थ्य सामग्री आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकाले कोरोना भाइरसविरुद्धको लडाइका लागि यो आपतकालीन सहयोग गरेकोे छ । यसअघि एक सय थान भेन्टिलेटर, कोरोना परीक्षण किट्स, पीपीई, अक्सिजन उपकरण अमेरिकाले दिएको थियो ।
यस्तै आजै स्वीट्जरल्यान्डले पठाएको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण भएको थियो । स्विस राजदूत एलिजाबेथ भोन क्यापेलरले काेराेना संकटसँग लड्न ४० वटा भेन्टिलेटर, १० वटा अक्सिजन कन्सन्ट्रेटर, ११ लाख र्यापिड एन्टिजेन किटस् लगायत स्वास्थ्य साम्रगी स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नु भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।