बिमस्टेक बैठकका बेला काठमाडौंका गाडीमा जोर बिजोर प्रणाली लागू हुने

 भदौ ९, २०७५ शनिबार ५:५३:४५ | उज्यालो सहकर्मी

काठमाडौं - बिमस्टेक बैठकका बेला काठमाडौंका गाडीमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । भदौ १३, १४ र १५ गते सबै निजी तथा भाडाका गाडीमा जोर बिजोर प्रणाली लागू हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यसअनुसार १४ गतेका दिन जोर नम्बर प्लेटका गाडी तथा १३ र १५ गतेका दिन बिजोर नम्बर प्लेट भएका गाडी मात्र सञ्चालन हुन पाउनेछन् । गाडीको अन्तिम २ अंकको आधारमा जोर र विजोर छुट्याईने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिमस्टेक बैठकको अवधिमा सवारी आवागमन सहज बनाउन जोर बिजोर प्रणाली लागू गर्न लागिएको हो । 
 

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया