नेपालले हङकङलाई ६ विकेटले हरायो
चैत १, २०८१ शुक्रबार
काठमाडौं – शुक्रबार रातिदेखि नै देशका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ ।
मनसुनी वायू सक्रिय भएकाले हिजोदेखि नै धेरै ठाउँमा पानी परिरहेको हो । मौसमविद् विभूति पोख्रेलका अनुसार आज देशभरकै मौसम बद्ली भई धेरै ठाउँमा पानी पर्नेछ ।
आज मध्य र पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने र अरु ठाउँमा सामान्यदेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ ।
यस्तै, राति पनि ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भोलि र पर्सि पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । तर आजको भन्दा भोलि र पर्सि कम वर्षा हुने अनुमान गरिएको छ ।
यसैबीच आज देशका प्रमुख तथा मझौला नदीमा बहाव बढे पनि सतर्कता तह पार हुने सम्भावना कम रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । तर गण्डकी प्रदेश, कर्णाली प्रदेशका साथै ५ र ७ नम्बर प्रदेशमा चुरेबाट बहने केही नदीमा एक्कासि बाढी आउन सक्ने भन्दै सावधानी अपनाउन शाखाको सुझाव छ ।
कुन नदी कस्ताे अवस्थामा ?
यहाँ क्लिक गर्नुहाेस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।