मालीमा राष्ट्रपति र प्रधानमन्त्री सेनाकाे नियन्त्रणमा, तत्काल विना सर्त रिहा गर्न राष्ट्र सङ्घकाे आग्रह

 जेठ ११, २०७८ मंगलबार १४:५४:२८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – पश्चिम अफ्रिकी देश मालीमा सेनाले 'कू' गरी राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएको छ । सेनाले राष्ट्रपति बाह नद, प्रधानमन्त्री मोक्तार औएनीलाई नियन्त्रणमा लिएर सैनिक क्याम्पमा राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रक्षा मन्त्री सोउलेमेन डोउकोरेलाई पनि सेनाले नियन्त्रणमा लिएकाे जनाइएकाे छ ।

घटनापछि संयुक्त राष्ट्र सङ्घले निन्दा गरी राष्ट्रपति, प्रधानमन्त्री र रक्षा मन्त्रीलाई विना सर्त तत्काल रिहा गर्न आग्रह गरेको छ । निकै गरिब पश्चिमी अफ्रिकी देश मालीमा रहेकाे संयुक्त राष्ट्र सङ्घकाे मिसनले यस कदमकाे आलाेचना गर्दै तीनै जनालाई तुरुन्त रिहा गर्न र शान्ति बनाइराख्न अपिल गरेकाे हाे ।

यस्तै अफ्रिकी सङ्घ, इकाेनमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स, यूरोपेली सङ्घ र अमेरिकाले पनि राष्ट्र प्रमुखहरूलाई नियन्त्रणमा लिनु निन्दनीय भएकाे भन्दै शीर्ष नेताहरूलाई विना कुनै सर्त रिहा गर्न माग गरेका छन् । 

यसअघि गएकाे भदौमा सेनाले तत्कालीन राष्ट्रपतिलाई नियन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेको थियो ।

राष्ट्रपति बाह नद र प्रधानमन्त्री मोक्तार औएनीई १८ महिनासम्म अन्तरिम सरकार चलाउने र चुनाव गरेर नागरिक शासन फिर्ता ल्याउने जिम्मेवारी दिइएको थियो ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया